५ जेष्ठ २०७८, बुधबार
गृह आजदेखि चल्ने भनिएकाे लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस
आजदेखि चल्ने भनिएकाे लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल। लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफरिस गरिएको छ।

आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।

मन्त्रिपरिषदको आज बसेको बैठकले मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशन आवश्यक नरहेको भन्दै अन्त्यका लागि सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र माओवादीले पेस गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको थियो।

तर, राजीनामासँगै नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको र अविश्वास प्रस्ताव निष्क्रिय भएकाले अधिवेशन अन्त्य गर्न लागिएको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर