२४ बैशाख २०७८, शुक्रबार
गृह लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

बुटवल। लुम्बिनी प्रदेशसभाको आजबाट बोलाईएको विशेष अधिवेशन अन्त्य भएको छ।

प्रदेशका कामचलाउ मुख्यमन्त्रीको सिफारिसमा प्रदेशप्रमुखले धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन्।

बैठक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर, आजै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्रीको राजिनामा पश्चात् अधिवेशनको औचीत्य नभएको भन्दै अधिवेशन अनत्य भएको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर