५ जेष्ठ २०७८, बुधबार
गृह एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक
एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं। नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा पछि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक बोलाइएको हो।

केही बेरमा बस्न लागेको बैठकमा सहभागी हुन नेताहरू बालुवाटार जाने क्रम जारी छ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच छलफलपछि आकस्मिक बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ।

एमाले संसदीय दलको बैठकले भने शंकर पोखरेललाई नै पुनः मुख्यमन्त्रीमा उठाएर बहुमतको सरकार बनाउने निर्णय गरिसकेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर