२४ बैशाख २०७८, शुक्रबार
गृह शंकर पोखरेलको बहुमत गुम्यो, विमला खत्री माओवादीमा प्रवेश
शंकर पोखरेलको बहुमत गुम्यो, विमला खत्री माओवादीमा प्रवेश

बुटवल। लुम्बिनी प्रदेश सांसद  बिमला कुमारि खत्री (बिमला वाेली) माओवादीमा प्रवेश गरेकी छिन्।

दाङबाट प्रदेशसभा ३ (ख) बाट खत्रीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन्। नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन्।

माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो।

तर खत्रीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ। योसंगै शंकर पोखरेलको बहुमत गुमेको छ।

यसैबीच माओवादीले विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको एक नेताले बताए।

शंकरसँगै विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा माओवादीका कुलप्रसादको पनि दाबी छ।

लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन्। संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ।

प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए। वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर