२४ बैशाख २०७८, शुक्रबार
गृह लुम्बिनी प्रदेशः बैठकै नबसी अधिवेशन अन्त्य गरिएपछि आक्रोश, अविश्वासको प्रस्ताव फेस गर्न मुख्यमन्त्री डराएको आरोप
लुम्बिनी प्रदेशः बैठकै नबसी अधिवेशन अन्त्य गरिएपछि आक्रोश, अविश्वासको प्रस्ताव फेस गर्न मुख्यमन्त्री डराएको आरोप

काठमाडौं। लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरिएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन्। मुख्यमन्त्री शंकर पोख्रेलले पदबाट राजीनामा, पुनः शपथको तयारी र अधिवेशन अन्त्यको निर्णय गरिसक्दा उनलाई हटाउन लागि परेका विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन्।

कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताववाट अत्तालिएका मुख्यमन्त्री पोख्रेलले राजीनामा दिएपछि नयाँ सरकार निमार्णका लागि बाटो खुलेको छ।

काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्र कनौडियाले अविश्वासको प्रस्ताव फेस गर्न ‘डराएर भागेका’ पोख्रेल पुनः मुख्यमन्त्री बन्ने कुरै नहुने तर्क गरे।

कनौडियाले आफू अनुकुल कानुनको व्याख्या गर्दै हिडेको सरकारले जनमत गुमाएको बताए।

आजै बस्ने भनिएको सभाको बैठक स्थगित भएपछि आन्तरिक छलफलमा जुटेका माओवादीका प्रमुख सचेतक तुलबहादुर घर्तीले बैठक नै नबसी सरकारले विशेष अधिवेशन फेरि स्थगन गर्नु गैह्ररानितिक क्रियाकलाप भएको बताएका छन्।

विपक्षी गठवन्धनमा एमालेबाहेकका सबै दल छन्। गठबन्धनले आजै संयुक्त धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर