२ जेष्ठ २०७८, आईतवार
गृह एमाले आकस्मिक स्थायी कमिटी बैठक सकियोः लुम्बिनी प्रदेश र कोरोना नियन्त्रणबारे ब्रिफिङ
एमाले आकस्मिक स्थायी कमिटी बैठक सकियोः लुम्बिनी प्रदेश र कोरोना नियन्त्रणबारे ब्रिफिङ

काठमाडौं। नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठकले कोरोनाभाईरस रोकथाम तथा नियन्त्रणका लागि थप प्भावकारी कदमहरु चाल्न पार्टी पक्तिलाई निर्देशन दिने निर्णय गरेको छ।

सरकारले भनेका प्रोटोकाल भित्र रहेर कोभिडको विरुद्धमा लड्न आग्रह गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारि दिए।

उनले खासखबरसँग भने, ‘पार्टीका देशभरका कार्यकर्तालाई सरकारले भनेका प्रोटोकाल भित्र रहेर कोभिडको विरुद्धमा लड्न आग्रह गर्ने निर्णय गरेको छ।’

उनले अघि थपे, ‘साथै लुम्बिनी सहित देशका समसामयीक सन्दर्भमा अध्यक्षले स्थायी कमिटीलाइ जानकारि गराउनुभो। उहाँले आजै कयबिनेटको बैठक राख्दैछु भनेर पनि जानकारि गराउनुभयो। र अहिले चाँही राष्ट्रपतिकहाँ जानुभयो।’

राष्ट्रपतिकहाँ गएको जिज्ञासामा उनले भने,‘ ‘प्रधानमन्त्री र राष्ट्रपतिको त बेला–बेला भेटघाट भइरहन्छ, ‘यो सामान्य हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर