२४ बैशाख २०७८, शुक्रबार
गृह दीप बस्न्यातको रीटले सर्वोच्चद्धारा अख्तियारका नाममा कारण देखाउ आदेश
दीप बस्न्यातको रीटले सर्वोच्चद्धारा अख्तियारका नाममा कारण देखाउ आदेश

काठमाडौं। सर्वोच्च अदालतले सरकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारण माग गरेको छ।

डिल्लीबजार कारागारमा रहेका बस्न्यातलाई कोरोना संक्रमण भएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा छन्।

ललितानिवास जग्गा घोटाला प्रकरणमा तत्कालीन भूमिसुधार सचिव हुँदा गरेको निर्णयलाई लिएर अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

विशेष अदालतले उनलाई फैसला नहुन्जेलसम्मका लागि थुनामा राख्ने आदेश गरेको थियो। विशेष अदालतको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका बस्न्यातले सर्वोच्चले कोभिड–१९ का कारण नियमित सेवा प्रवाह वैशाख मसान्तसम्मलाई खुम्च्याएपछि बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए।

शुक्रबार दर्ता भएको उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काले बस्न्यातलाई थुनामा राख्नुको कारण माग्ने आदेश गरेकी हुन्।

आदेशमा महान्यायाधिवक्ताको कार्यालयमार्फत तीन दिनभित्र जवाफ पेश गर्न भनिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर