२ जेष्ठ २०७८, आईतवार
गृह लुम्बिनी प्रदेश सांसद बिमला वली अपहरणमा परेको एक मन्त्रीको दावी, सुरक्षा निकायलाइ खबर
लुम्बिनी प्रदेश सांसद बिमला वली अपहरणमा परेको एक मन्त्रीको दावी, सुरक्षा निकायलाइ खबर

काठमाडौं। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला वली अपहरणमा परेको दाबी गरेका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री चौधरीले वलीलाई दाङबाट बुटवल आउँदै गर्दा बाटोमा नै अपहरण गरिएको आरोप लगाए।
उनले खासखबरसंग भने,’उहाँ संसदीय दलको बैठकमा भनेर आउनुभएको हो, बीचैबाट उहाँ अपहरणमा पर्नुभयो। त्यसपछि हामीसँग सम्पर्क बिच्छेद भएपछि उहाँको मोबाइल स्विच अफ भयो। त्यसपछि उहाँले के के गर्नुभयो हामी खोज्दैछौँ।’

सांसद वोलीलाई खोज्नका लागि सुरक्षा नीकायलाई समेत खबर गरिसकिएको उनले बताए। उनले भने, ‘जुन गाडीमा उहाँ आउनुभएको थियो उहाँ त्यो गाडीबाट अर्को गाडीमा चढेपछि अपहरणमा परको भन्ने शंका त गर्नुपर्यो। त्यो भएर हामीले बाटोमा अपहरण हुनुभो है सम्पर्क बिहीन हुनुभयो भनेर खबर गरेका छौँ।’

तर उहाँले त माओवादी प्रवेश गरेको उहाँकै हस्ताक्षर सहितको विज्ञप्ती आएको छ तर कसरी अपहरण भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘उहाँकै हो कि होइन भन्ने कुरात फेला परेपछि मात्रै थाहा हुन्छ।’

वली उपनिर्वाचन मार्फत दाङ क्षेत्र न. ३(ख) बाट निर्वाचीत सांसद हुन्। उनले विगतमा नेकपा नामबाट निर्वाचन जितेकी थिइन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर