२ जेष्ठ २०७८, आईतवार
गृह संविधानसभा सदस्य रबनी चौधरीको कोरोना संक्रमणबाट निधन
संविधानसभा सदस्य रबनी चौधरीको कोरोना संक्रमणबाट निधन

कैलाली। कोरोनाभाइरस संक्रमणबाट दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको निधन भएको छ। उनलाई आइतबारमात्र संक्रमण पुष्टि भएकोमा असपताल पुग्न नपाउँदै नीधन भएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका–६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै निधन भएको नेकपा एमालेका सांसद झपट रावलले बताए।

२०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद भएकी चौधरी २०७४ सालको निर्वाचनमा एमालेका कैलाली क्षेत्र नम्बर २ का सभासद मोहनसिंह राठौरसँगै नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर