२६ बैशाख २०७८, आईतवार
गृह लुम्बिनीमा सूर्य चिन्हबाट जितेका दुई सांसद कांग्रेस–माओवादी गठबन्धनमा
लुम्बिनीमा सूर्य चिन्हबाट जितेका दुई सांसद कांग्रेस–माओवादी गठबन्धनमा

बुटवल। नेकपा एमालेका दुईजना सांसद कांग्रेस–माओवादी गठबन्धनमा लागेका छन्।

नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका धर्मवहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेर उक्त गठबन्धनमा लागेका हुन्।

शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भए लगत्तै एमालेकै सांसद दुर्गानारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजिनामा दिए पनि आफूहरुले राजिनामा नदिएको अजय शाहीले बताए।

शाही हृदयेश त्रिपाठीसँगै सूर्य चिन्ह लिएर पश्चिम नवलपरासीबाट निर्वाचित भएका थिए । श्रीवास्ताव कपिलबस्तुबाट निर्वाचित हुन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर