५ जेष्ठ २०७८, बुधबार
गृह नेपालमा थप ७ हजार १३७ जनामा कोरोना पुष्टि, उपत्यकाका मात्रै ३ हजार ५९५
नेपालमा थप ७ हजार १३७ जनामा कोरोना पुष्टि, उपत्यकाका मात्रै ३ हजार ५९५

काठमाडौं। पछिल्ले २४ घण्टामा नेपालमा थप ७ हजार १३७ जना कोरोनाभाईरसका स.क्रसिमत थपिएका छन्। थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धि दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार १४७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार १३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै तीन हजार ५९५ जना छन्। भक्तपुरका ३०१, ललितपुरका ५५० र काठमाडौंका दुई हजार ७४४ छन्।

पछिल्लो चौबीस घण्टामा एक हजार ६१२ जना सङ्क्रमित निको भएका छन्। सोही अबधिमा २७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर