२४ बैशाख २०७८, शुक्रबार
गृह मैले आफ्नै खुसीले माओवादी रोजेकी हुँ, कसैको दबाबमा होइनः वली
मैले आफ्नै खुसीले माओवादी रोजेकी हुँ, कसैको दबाबमा होइनः वली

काठमाडौं। लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेको बताएकी छन्।

आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी छानेको बताएकी छन्।

‘निर्वाचनका बेला मैले माओवादीबाट सपोर्ट पाएको थिएँ। कसैले मलाई आउनुपर्छ भनेकाले होइन, मैले आफ्नै खुसीले यो दल रोजेकी हुँ,’ उनले भनिन्।

आफू निर्वाचित भएर आउँदा एमाले र माओवादी एकजुट रहेको, त्यतिबेला को माओवादी र को एमाले भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो। ‘म आउँदै गर्दा पार्टी एकजुट थियो। मैले नेकपाबाट निर्वाचन जितेँ,’ पत्रकार सम्मेलनमा उनले भनिन्।

विमलाका श्रीमान् उत्तरकुमार वली भने २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए। उनको सवारी दुर्घटनामा मृत्यु भएपछि विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर