२६ बैशाख २०७८, आईतवार
गृह सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न निर्देशन
सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न निर्देशन

काठमाडौं। सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू गर्न निर्देशन दिएको छ।

वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आलोपालो गर्न वा वा ‘वर्क फ्रम होम’ लागू गर्न निर्देशन दिएको हो।

सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालय प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम पुनः सञ्चालन राख्ने व्यवस्था मिलाउन विभिन्न आयोग, प्राधिकरण र आफू मातहतका विभाग र कार्यालयलाई पत्र लेख्दै निर्देशन दिएको छ।

कार्यालयले घरबाटै गर्न सकिने कामका हकमा घरबाटै गर्ने र पालोमा अनुपस्थित हुने कर्मचारीका हकमा कार्यालय प्रमुखले कोभिड काजको व्यवस्था मिलाउन भनेको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर