५ जेष्ठ २०७८, बुधबार
गृह लुम्बिनीमा सांसद र प्रहरीबीच झडप, सांसद घाइते
लुम्बिनीमा सांसद र प्रहरीबीच झडप, सांसद घाइते

बुटवल। लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्य बीच झडप भएको छ।

अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए।

अहिले मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बलप्रयोग गरेको हो।

यादव अहिले घेराबाट निस्किसकेका छन्। मुख्यमन्त्री पोखरेलले अहिले राति नै पद तथा गोपनियताको शपथ लिने बुझिएको छ। प्रदेश प्रमुख यादव मुख्यमन्त्रीको कार्यालय पुगिसकेका छन्। सांसदहरूले प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेका थिए।

आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन मुख्यमन्त्री बनेका थिए। उनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर