५ जेष्ठ २०७८, बुधबार
गृह लुम्बिनीमा विवादले पनि छेकेन मुख्यमन्त्रीको सफतलाइ
लुम्बिनीमा विवादले पनि छेकेन मुख्यमन्त्रीको सफतलाइ

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका विपक्षी सांसदहरुको घेरो तोडेर मुख्यमन्त्रीको कार्यालय पुगी प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई शपथ खुवाएका हुन्।

यस अघि यादव कार्यालयबाट निस्कँदा विपक्षी सांसदले घेरा हालेर छेकेका थिए। त्यसपछि प्रहरीले बल प्रयोग गरेर सांसदहरुको घेराबाट प्रदेश प्रमुखलाई निकालेको थियो।

अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए।

धर्नाका क्रममा सांसद र प्रहरीबीच झडप समेत भएको थियो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर