२ जेष्ठ २०७८, आईतवार
गृह डिआइजीले मलाई टिपेर फाले: कांग्रेस सचेतक क्षेत्री
डिआइजीले मलाई टिपेर फाले: कांग्रेस सचेतक क्षेत्री

बुटवल। लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्य बीच झडप भएको छ।

अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए।

अहिले मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बलप्रयोग गरेको हो।

‘प्रदेश प्रमुख बाहिर जानेबेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डिआइजी आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो त्यसपछि सबै प्रहरी आएर टिपेर फाल्नु भयो,’ कांग्रेस सचेतक निर्मला क्षेत्रीले भनिन्, ‘यास्तो आक्रमण म माथि गरियो। यस्तो अमर्यादित किसिमले नाङ्गो नाच चाचिरहेको छ आज प्रदेश प्रमुख, मुख्यमन्त्री प्रहरी प्रशासन।’ न्यायको लागि कहाँ जानुपर्छ आफू जान तयार रहेको उनले बताइन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर