२ जेष्ठ २०७८, आईतवार
गृह जसपाका पदमुक्त दुई सांसद फेरी मन्त्री पदमा नियुक्त
जसपाका पदमुक्त दुई सांसद फेरी मन्त्री पदमा नियुक्त

बुटवल। लुम्बिनी प्रदेशमा पदमुक्त भएका सांसदहरु पनि मन्त्री बनेका छन्। जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्तोष पाण्डे र बिजयबहादुर यादव पुनः मन्त्री भएका हुन्।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका पाण्डे र बांकेका बिजय बहादुर यादवलाई मन्त्री नियुक्त गरे।

पाण्डे र यादवले यसअघि नै सम्हाल्दै आएको भौतिक पुर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर