२६ बैशाख २०७८, आईतवार
गृह भारतीय बिधान सभा निर्बाचन: पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत, भाजपा दोस्रो स्थानमा
भारतीय बिधान सभा निर्बाचन: पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत, भाजपा दोस्रो स्थानमा

काठमाडौं। भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ। आइतबारसाँझसम्म घोषित पहिलो दुई सीटमा तृणमुल कङ्ग्रेसकी नेतृ ममता बेनर्जी र उहाँकै दलका अर्का एक नेता बिजयी भइसकेका छन्। यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन।

पश्चिम बंगालका अतिरिक्त एक केन्द्र प्रशासितसहित पाँच राज्यमा भएको विधान सभा निर्वाचनको मतगणना भइरहेको हो। नयाँ नेतृत्वका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, असम र पाँडेचरीमा निर्वाचन गरिएको थियो।

पश्चिम बङ्गलाको नन्दीग्राम क्षेत्रबाट करिब एक हजार २०० मत अन्तरले बनर्जीले बिजयी भएकि छिन। बनर्जीको दलले बाँकी २०८ क्षेत्रमा अग्रता कायम गरेको छ भने केन्द्र सरकारको नेतृत्व गरेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ७९ स्थानमा अग्रता कायम गरेको छ। अरु दलको उपस्थिति नगन्य देखिएको छ। कुनै बेला राज्यको निरन्तर नेतृत्व गरेका वामपन्थी दलले जम्मा एक सीटमा अग्रता देखिएको छ।

पश्चिम बङ्गालमा पाँच वर्ष पहिले निकै कम सीट ल्याएको भाजपाले यसपटकको निर्वाचनमा निकै सुधार गरेको देखिएको छ। यद्यपि भाजपाले बनर्जीको दललाई पछि पार्न लगाएको परिश्रम भने निरर्थक हुने देखिएको छ। सन् २०१६ मा जम्मा तीन सिटमा समेटिएको भाजपाले ७५ सिट वरपर जित्नसक्ने देखिएको छ।

यहाँबाट अघिल्लो निर्वाचनमा ४४ सीट जितेको विपक्षी भारतीय काँग्रेसले आइतबारसम्ममा एक सिटमा मात्र अग्रता कायम गरेको छ । त्यसैगरी, अघिल्लो चुनावमा २६ सिट जितेको कम्युनिष्ट पार्टी अफ इन्डिया ९माक्र्सवादी० पनि एक सिटमा समेटिने देखिँएको छ ।

तमिलनाडुको २३४ सदस्यीय विधान सभामा प्रतिपक्षी ड्रभिडा मुन्नेत्र काझागम ९डिएमके० ले १२९ स्थानमा अग्रता लिँदा सत्तारूढ एआइएडिएमकेले ९० स्थानमा अग्रता लिएको छ । केरलाको १४० सिटको विधानसभामा मुख्यमन्त्री पिनरई विजयन नेतृत्वको वामपन्थी प्रजातान्त्रिक मोर्चाको अग्रता देखिएको छ ।

असमको १२६ सदस्यीय विधान सभाका लागि भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले ७३ स्थानसहित सरकार बनाउने हैसियतमा देखिँदैछ । केन्द्र प्रशासित पाँडेचरीको ३० सिटमा भने भाजपा १६ र कंग्रेस आई १२ स्थानमा अगाडि छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर