२ जेष्ठ २०७८, आईतवार
गृह १२ औं राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित
१२ औं राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौं। कोरोनाभाइरस महामारीका कारण १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ।

आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

महामारी कम भएपछि फेरि सुचारु हुने उनको भनाई छ। १२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी भएको थियो।

राष्ट्रिय जनगणनाका बारेमा छलफल गर्न तथ्यांक परिषदको बैठक सोमबार(आज) बस्दैछ।

दोस्रो लहरको कोरोना महामारीपछि उत्पन्न भएको असहज परिस्थितिका राष्ट्रिय जनगणना तोकिएको समयमा सञ्चालन गर्न कठिन हुने भएपछि आवश्यक निर्णय गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवमु परिषद प्रमुख पुष्पराज कँडेलले बैठक बोलाएका हुन्।

१२औं जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो।  हाल देशभर सुपरिवेक्षकको तालिम चलिरहेको छ।

नेपालमा वि.सं. १९६८ देखि हरेक दस–दस वर्षमा जनगणना हुने गरेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर