२ जेष्ठ २०७८, आईतवार
गृह लुम्बिनीमा ४ दलले भनेः मुख्यमन्त्रीको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं
लुम्बिनीमा ४ दलले भनेः मुख्यमन्त्रीको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं

लुम्बिनी प्रदेशसभाका विपक्षि दलहरुले मुख्यमन्त्रीको नियुक्ति र सपथ गराइएकोमा कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन्।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएकाले मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको बताएका हुन्।

विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउंदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन्।

४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनले बताएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले हिजोको घटना अराजनीतिक र निकृष्ट घटना भएको र संविधान मिचेर गरिएको नियुक्तिले अराजकता बढाएको बताए।

‘केन्द्रमा ओलीको तानाशाही, अधिनायकवादी नमूना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाउनुभयो, यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं, ’ नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले भने, ‘हिजोको घटना अराजनीतिक र निकृष्ट घटना हो, संविधान मिचेर गरिएको नियुक्तिले अराजकता बढायो,यो सामान्य विषय होइन।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर