५ जेष्ठ २०७८, बुधबार
गृह लुम्बिनीमा काँग्रेस सांसदलाई पिटेर फाल्ने डिआइजीलाई निलम्बन गर्न माग
लुम्बिनीमा काँग्रेस सांसदलाई पिटेर फाल्ने डिआइजीलाई निलम्बन गर्न माग

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न  धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्वन गर्न माग गरिएको छ।

लुम्बिनी प्रदेशमा सोमबार बसेको ४ विपक्षि दलको बैठकले डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्न भएर महिलालाई हातपात र दुव्र्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षीको माग छ। धानुकविरुद्ध कानूनी उपचार पनि खोज्ने नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताइन्।

मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्वन गर्न उनले माग गरे।

‘प्रदेश प्रमुख बाहिर जानेबेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डिआइजी आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो त्यसपछि सबै प्रहरी आएर टिपेर फाल्नु भयो,’ कांग्रेस सचेतक निर्मला क्षेत्रीले भनिन्, ‘यास्तो आक्रमण म माथि गरियो। यस्तो अमर्यादित किसिमले नाङ्गो नाच चाचिरहेको छ आज प्रदेश प्रमुख, मुख्यमन्त्री प्रहरी प्रशासन।’ न्यायको लागि कहाँ जानुपर्छ आफू जान तयार रहेको उनले बताइन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर