५ जेष्ठ २०७८, बुधबार
गृह शीर्ष नेताहरूमा कोरोना देखिएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित
शीर्ष नेताहरूमा कोरोना देखिएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं। कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक मंगलबारकालागि स्थगित भएको छ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि त्यसबारे धारणा बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका थिए।

केही नेताहरूको स्वास्थ्यमा समस्या आएका कारण सोमबारका लागि बोलाइएको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

सोमबार बिहान मात्रै प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय सदस्यहरू शंकर भण्डारी र चीनकाजी श्रेष्ठ कोरोना संक्रमणका कारण आइसोलेसनमा छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर