५ जेष्ठ २०७८, बुधबार
गृह पूर्ण लकडाउन गर्न उच्च अदालतको निर्देशन
पूर्ण लकडाउन गर्न उच्च अदालतको निर्देशन

दिल्ली। कोरोनाभाइरस संक्रमणले भयाबह रुप लिइरहेका बेला भारतको उच्च न्यायलयले केन्द्र र राज्य सरकारलाई पूर्ण लकडाउन गर्न आदेश दिएको छ। विभिन्न चरणको सुनुवाइपछि अदालतको उक्त आदेश आएको हो।

‘दोस्रो लहरको संक्रमण व्यापकरुपमा बढिरहँदा हामी भाइरस फैलने क्रमलाई रोक्न केन्द्र र राज्य सरकारलाई प्रतिबन्ध लगाउनेबारे निर्देशन दिन्छौं’ अदालतको आदेशलाई उध्दृत गर्दै जी–न्यूजले उल्लेख गरेको छ।

साथै अदालतले भाइरस फैलाउने खालका जमघट, भीड र सुपर-स्प्रेडर खालका कार्यक्रम रोक्न समेत भनेको छ। साथै, जनकल्याणका लागि लकडाउन लागु गर्नेबारे पनि विचार गर्नको लागि अदालतले सुझाव दिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर