२ जेष्ठ २०७८, आईतवार
गृह कोरोना संक्रमितको मलामी गएका एकै गाउँका ३१ जनालाई कोरोना पुष्टि
कोरोना संक्रमितको मलामी गएका एकै गाउँका ३१ जनालाई कोरोना पुष्टि

बर्दीबास। कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत बुधबार मृत्यु भएका व्याक्तिको मलामी गएकाहरुमा कोरोना पुष्टि भएपछि गाउँभरि त्रास फैलिएको छ।

जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन्।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ । मलामीमा गएका ६०र७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर