२४ बैशाख २०७८, शुक्रबार
गृह प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

कोभिड–१९ को बढ्दो संक्रमण र समसामयीक अन्य बिषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारि दिए।

थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् । नेपाल टेलिभिजनबाट सम्बोधनको प्रत्यक्ष प्रसारण हुने बताइएको छ।

थापाले ट्वीटरमा लेखेका छन्,सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज ३:३० बजे समसामयिक विषय र काेभिड-१९ काे सन्दर्भमा देशवासीका नाममा सम्बाेधन गर्नुहुने जानकारी गराउन चाहन्छु । सम्बाेधनकाे प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने व्यवस्था मिलाइएकाे छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर