२४ बैशाख २०७८, शुक्रबार
गृह गण्डकीमा कार्यव्यवस्था समितिको बैठक निष्कर्षबिहीन
गण्डकीमा कार्यव्यवस्था समितिको बैठक निष्कर्षबिहीन

पोखरा। गण्डकी प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक विनानिष्कर्ष सकिएको छ।

पदेशसभाको कार्यसूची तय गर्न बसेको समिति बैठकले मंगलबार सभामुखसहित पाँच दलका नेतासँगको छलफलपछि मात्रै संसद बैठक मिति तय हुने समिति एमाले सांसद कृष्ण थापाले जानकारी दिए।

तीन घण्टा बसेको समिति बैठकले दलको नेतामा मुख्यमन्त्री पनि पर्ने हुनाले उनीसँगै छलफल गरेर अघि बढ्ने निष्कर्ष निकालेको सांसद हरिशरण आचार्यले बताए।

केही दिनअघि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छिनोफानो गर्ने गरी बोलाइएको संसद बैठक अनिश्चित कालका लागि स्थागित गरिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर