२ जेष्ठ २०७८, आईतवार
गृह नेपाल समूहका थप तीन सांसदलाई सोधियो स्पष्टीकरण
नेपाल समूहका थप तीन सांसदलाई सोधियो स्पष्टीकरण

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका थप तीन जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।

अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसदहरू गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन्।

स्पष्टीकरण एक हप्ता अघि नै सोधिएको र उनीहरू सबैले त्यसको जवाफसमेत पठाइसकेको तामाङले जानकारी दिए।
तीनै जनाबाट सकारात्मक रुपमा स्पष्टीकरण आएको तामाङको भनाइ छ।

तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको थियो। यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो।

यी तीन जनालाई यसअघि स्पष्टीकरण सोधिएको थिएन। नेपाल समूहको गतिविधिमा सक्रिय अन्य केही सांसदलाई पनि स्पष्टीकरण सोधिएको छैन।

Facebook Comments
+ posts

हरेक खबर खास खबर