२ जेष्ठ २०७८, आईतवार
गृह प्रधानमन्त्रीको आग्रहः कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गरौं
प्रधानमन्त्रीको आग्रहः कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गरौं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह गरेका छन्।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्न आग्रह गरे। कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे।

अहिले लागु गरिएको निषेधाज्ञालाई कडाइ गरिने बताउँदै प्रधानमन्त्रीले निषेधाज्ञाको कारण कसैलाई भोकै हुन नदिनेमा सरकार सचेत रहेको समेत उनले बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर