२४ बैशाख २०७८, शुक्रबार
गृह सुदूरपश्चिममा गंगाप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई प्रदेश प्रमुख नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णय
सुदूरपश्चिममा गंगाप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई प्रदेश प्रमुख नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं। सुदूरपश्चिम र सरकारले गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस गरेको छ।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर