२६ बैशाख २०७८, आईतवार
गृह देशभर थप सात हजार ४४८ जनामा संक्रमण पुष्टि
देशभर थप सात हजार ४४८ जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप सात हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर