५ जेष्ठ २०७८, बुधबार
गृह नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए सपथ
नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं। गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ खुवाएकी हुन्।

आज मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर