२४ बैशाख २०७८, शुक्रबार
गृह जसपाले आफ्ना सांसदलाई काठमाडौं बोलायो
जसपाले आफ्ना सांसदलाई काठमाडौं बोलायो

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौँ बाहिर रहेका आफ्ना सांसदलाई काठमाडौँ आउन निर्देशन दिएको छ।

२७ वैशाखका लागि प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवशेन आह्वान गरेको अवस्थामा आफ्ना सांसदहरूलाई काठमाडौंमै बस्न निर्देशन दिएको हो।

दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ।

त्यस्तै काठमाडौँमा रहेकाहरूलाई पनि बाहिर नजान भनिएको अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जनाएको छ। जसपामा सरकारलाई समथर्न गर्ने कि नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर