५ जेष्ठ २०७८, बुधबार
गृह बागलुङमा कोरोना संक्रमणबाट ३० वर्षीया जनप्रतिनिधिको मृत्यु
बागलुङमा कोरोना संक्रमणबाट ३० वर्षीया जनप्रतिनिधिको मृत्यु

बागलुङ। बागलुङको ताराखोला गाउँपालिकामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ।

संक्रमणबाट गाउँपालिका कार्यपालिका सदस्य ३० वर्षीया तेजुमाया परियार भण्डारीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिइन्। उनको धौलागिरि अस्पतालमा आइसियुमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।

भण्डारी ताराखोला गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित महिला सदस्य हुनुहुन्छ। उनलाई गत १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। गाउँपालिकामा हाल १२ जना संक्रमित रहेका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर