५ जेष्ठ २०७८, बुधबार
गृह चितवन र बाराका संक्रमितको भरतपुर अस्पतालमा मृत्यु
चितवन र बाराका संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

चितवन। चितवनको भरतपुर अस्पतालमा उपचाररत चितवन र बाराका कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका पुरुष रहेका छन्।

माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

यस्तै बाराको जीतपुर सिमरा उप—महानगरपालिका—१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। छातिमा समस्या भइ वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर