२ जेष्ठ २०७८, आईतवार
गृह २५ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने एक पक्राउ
२५ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने एक पक्राउ

काठमाडौं। रुपन्देहीमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीलदे पक्राउ गरेको छ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका—१ बाईपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोबिन्द हरिजनलाई सोमवार रातिे पक्राउ गरेको छ।

गोबिन्दले आफ्नै कोठामा लगेर ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर