२४ बैशाख २०७८, शुक्रबार
गृह २७ गतेकाे बैठकका लागि सबै सांसदकाे पीसीआर परीक्षण गरिने
२७ गतेकाे बैठकका लागि सबै सांसदकाे पीसीआर परीक्षण गरिने

काठमाडौं। संघीय संसदका सदस्यहरुको पीसीआर परीक्षण हुने भएको छ।

वैशाख २७ गते बस्ने संसद बैठकको तयारी स्वरुप सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण वैशाख २२ र २३ गते हुने संसद सचिवालयले जनाएको छ।

२२ गते बुधबार सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षसहित प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरु, संसद सचिवालयका महासचिव, सचिव, कार्यव्यवस्था शाखा तथा सांसद सुविधा व्यवस्थापन शाखाका कर्मचारीहरु, संसद सचिवालयका कर्मचारीहरु एवम् सभामुख, अध्यक्ष र उपाध्यक्षको निजी सविचालयका कर्मचारीको पीसीआर परीक्षण हुनेछ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर