२ जेष्ठ २०७८, आईतवार
गृह मेक्सिकोको सिटीमा मेट्रो ओभरपास भत्कँदा २३ जनाको मृत्यु, ७० बढि घाईते
मेक्सिकोको सिटीमा मेट्रो ओभरपास भत्कँदा २३ जनाको मृत्यु, ७० बढि घाईते

काठमाडौं। मेक्सिको सिटीमा मेट्रो पुल भत्कँदा २३ जनाको मृत्यु भएको छ। घटनामा अन्य ७० जना घाइते भएको र तिनको अस्पतालमा उपचार भइरहेको नागरिक सुरक्षा एजेन्सीले बताएको छ।

पुलको खम्बा भाँचिएर दुर्घटना भएको मेक्सिको सिटीकी मेयर क्लाउडिया सिनबोमले बताएकी छन्। यो पुल बनाउँदा भ्रष्टाचार भएको आरोप लागेको थियो। रेलमा भएका अन्य बयाक्तिहरुको उद्धारकर्मीहरुले खोजी गरिरहेका बीबीसीले जनाएको छ।

मेक्सिको शहरका मेयर क्लाउडिया शेनबमले खोज र उद्धार कार्यको समन्वय गर्न घटना स्थलमा पुगेपछि २३ जनाको मृत्यु भएको पुष्टि गरे।

Facebook Comments
+ posts

हरेक खबर खास खबर