२ जेष्ठ २०७८, आईतवार
गृह बैतडीमा शव बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु, ५ जना घाइते
बैतडीमा शव बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु, ५ जना घाइते

बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै भएको दुर्घटनामा परि ४ जनाको घटनास्थलमै र १ जनाको अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक (इन्सपेक्टर) अग्नी दर्शन खड्काले बताए।

हिजो चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लैजानेक्रममा गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै र जीप चालक तेज बहादुर बोहराको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो।

दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको र उनीहरुको अवस्थाका बारेमा अहिले नै केहि भन्न नसकिने खड्काले बताए।

साँघुरो घुम्तीमा मोड्ने क्रममा गाडी ब्याक भएर दुर्घटना भएको खुल्नमा आएको छ। जीप सडकबाट करिब ४०० मिटर तल खसेको र गाडीमा पूर्णरुपमा क्षती भएको खड्काले बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर