५ जेष्ठ २०७८, बुधबार
गृह माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो। माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर