५ जेष्ठ २०७८, बुधबार
गृह प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवासमा मंगलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको छ।

बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भत्र्सना गरेको जानकारी दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर