२ जेष्ठ २०७८, आईतवार
गृह ओलीलाई मतदान नगरी सामूहिक राजीनामा दिने माधव समूहको तयारी
ओलीलाई मतदान नगरी सामूहिक राजीनामा दिने माधव समूहको तयारी

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्बाट विश्वास मत लिने तयारी गरिरहेकै बेला माओवादीले समर्थनमा मत नहाल्ने निर्णयसमेत गरेको छ। एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गरेर बनेको नेकपासँग १ सय ६९ सांसद थिए। माओवादी केन्द्रसँग ५३ सांसद रहेकोमा चार जना निलम्बनमा परेका छन्।

एमालेसँग १ सय २१ रहेकोमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग ३५ भन्दा बढी सांसद रहेको सो समूहले दाबी गर्दै आएको छ। नेपाल समूहले समेत ओलीलाई मतदान नगरी सामूहिक राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ।

२७ वैशाखकै दिन वा एक दिनअघि सामूहिक राजीनामा दिनेबारे नेपाल समूह आन्तरिक छलफलमा छ। ओली समूहसँग ९० भन्दा बढी सांसद रहेको दाबी सो समूहले गर्दै आएको छ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले आफूलाई मतदान गर्ने विश्वास प्रधानमन्त्री ओलीको छ। जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले ओलीलाई मतदान गर्ने छैनन्।

ठाकुर र यादव समूहसँग १७/१७ सांसद छन्। यद्यपि, केही सांसद अहिले पनि गुट परिवर्तन गर्नेक्रम जारी नै रहेकाले संख्यामा केही तलमाथि हुन सक्छ।

नेपाल समूहसहितका एमाले र जसपाको ठाकुर समूहसमेतले ओली पक्षमा मतदान गरेमा प्रधानमन्त्रीसँग १ सय ३८ सांसद हुनेछन्। यदि नेपाल र जसपाको ठाकुर समूहले मतदान नगरेको अवस्थामा ओलीसँग रहेका सांसद मात्रै रहनेछन्। तर, सरकार जोगाउन प्रधानमन्त्री ओलीलाई १ सय ३४ मत आवश्यक पर्छ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१ सिट छ । कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ पदमुक्त भएपछि), जसपाको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १÷१ सिट रहेको छ। कांग्रेसका दुई र जसपाको दुई जना सांसद निलम्बित छन्। राजधानी दैनिकमा खबर छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर