५ जेष्ठ २०७८, बुधबार
गृह आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं ।बुधबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। बुधबार बिहान सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार राति देशका केही स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना छ

बुधबार दिउँसो देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकको छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश २ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।बिहीबार गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी र बाँकी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर