२ जेष्ठ २०७८, आईतवार
गृह बुटवलमा अक्सिजन बैंकः कोरोना उपचारमा सहज
बुटवलमा अक्सिजन बैंकः कोरोना उपचारमा सहज

काठमाडौं। कोारेना संक्रमितले अब अक्सिजन बैंकबाट समेत लिन सकिने भएको छ । संक्रमित संख्या बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मंगलबार अक्सिजन बैंक सञ्चालनमा ल्याकको छ । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई बैंकद्वारा अक्सिजन उपलब्ध गराइने भएको ।

उपमहानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले अनुसार आवश्यक परेकालाई स्वास्थ्यकर्मीसहितको टोललिे तत्काल पुर्याउने गरी अक्सिजन बैंक सेवा सुरु गरिएको हो । ‘अहिले पहिलो लटमा एक सय सिलिन्डर खरिद गरेका छौं,’ उनले बताए ,‘रिफिल र सेटअपको थालनी भएको हो, खपतका आधारमा बढाउछौं ।’ यसका लागि पहिलो चराण्मा १० लाख रुपैयाँ खर्च गरिएको छ । अक्सिजन रिफिलमा लायन्स क्लबले सहयोग गर्ने उनले बताएका छन् ।

प्रमुख खनालका अनुसार अक्सिजन बिरामीीसम्म पुर्याउन, जडान र रेखदेखसम्म उपमहानगर सहरी स्वास्थ्य केन्द्रका ८ स्वास्थ्यकर्मी र कर्मचारीले बैंकअन्र्तगत काम गर्ने छन् । यस्तै, नेपालगन्जस्थित भेरी अस्पतालमा २० हजार लिटर क्षमताको अक्सिजन लिक्विड ट्यांक भारतबाट ल्याएपछि सहज भएको छ । ट्यांकबाट नै पाइप जोडेर बिरामीको बेडसम्म अक्सिजन लगिने भएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर