२६ बैशाख २०७८, आईतवार
गृह कोरोना संक्रमणबाट हालसम्मकै उच्च मृत्युः एकै दिन ५५ को मृत्यु
कोरोना संक्रमणबाट हालसम्मकै उच्च मृत्युः एकै दिन ५५ को मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट एकै दिन यति धेरैको मृत्यु भएको यो पहिलोपटक हो। यो सँगै मंगलबारसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ। पछिल्ला दिनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गईरहेको छ ।

गत आइतबार २७ जना र सोमबार ३७ जनाको मृत्यु भएको थियोहाल देशभर ६ सय १६ बिरामी आइसियु र १ सय ७९ बिरामी भेन्टिलेटरमा छन्। सोमबारसम्म ४ सय ७७ जना आइसियु र १ सय ३१ जना भेन्टिलेटरमा उपचाररत थिए। मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार ७ सय ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ। नागरिक दैनिकबाट

Facebook Comments
+ posts

हरेक खबर खास खबर