५ जेष्ठ २०७८, बुधबार
गृह एसईई र कक्षा १२ को परीक्षा अनिश्चित
एसईई र कक्षा १२ को परीक्षा अनिश्चित

काठमाडौं। कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला एसईई र कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुनेमा अन्यौलता थपिएको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परिक्षा सञ्चालन हुन तीन साता बाकी रहदा पनि कोभिड–१९ को दोस्रो लहर अझ बढ्दो देखिएकाले दुवै परिक्षा पूर्वनिर्धारित समयमै संचालन हुनेमा अन्योलता थपिएको छ।

परिक्षा नै अनिश्चित भएपछि शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा मन्त्रालयले पनि सोही गृहकार्य गरिरहेको बताइएको छ।

गतबर्ष जस्तो यसबर्ष पनि परिक्षा नहुने हो नि भन्ने विषयले विद्यार्थी, अभिभावक तथा शिक्षक निकै चिन्तित बनेका छन्।

२०७७ सालको राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान उनिहरुको रहेको छ। गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो।

गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर