२ जेष्ठ २०७८, आईतवार
गृह माओवादीले औपचारीक रुपमा फिर्ता लियो सरकारको समर्थन, फिर्ताको पत्र संसद सचिवालयमा (पत्रसहित)
माओवादीले औपचारीक रुपमा फिर्ता लियो सरकारको समर्थन, फिर्ताको पत्र संसद सचिवालयमा (पत्रसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ। केन्द्रले सरकारको समर्थन फिर्ता लिइएकोबारे जानकारी संसद सचिवालयलाई गराएको छ।

पार्टीको मंगलबार बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो। माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर