५ जेष्ठ २०७८, बुधबार
गृह नेपाल सुपर लिग: धनगढी र पोखरा भिड्दै
नेपाल सुपर लिग: धनगढी र पोखरा भिड्दै

काठमाडाैं। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पाँचौं चरणका खेल सुरु हुँदैछन्। साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिमको धनगढी फुटबल क्लब र गण्डकीको पोखरा थन्डर्स प्रतिस्पर्धा गर्दैछन्।

आजको खेल दुवै टिमका लागि शीर्षस्थानमा जाने अवसरका रुपमा हुनेछ। सबै टिमको दुई मात्र खेल बाँकी रहँदा अब शीर्ष चारमा पुग्ने टिमको टुंगो लाग्न सुरु भएको छ।

शीर्षस्थानका धनगढी, विराटनगर र काठमाडौंले सामान अंक बनाएर प्ले अफका लागि दाबेदारी प्रस्तुत गरेका छन्। त्यस्तै समान पाँच अंक भएका बुटबल लुम्बिनी र पोखरा पनि शीर्ष चारको प्रतिस्पर्धामा कायम छन्।

जारी पहिलो फुटबल फ्रेन्चाइज लिगमा शीर्ष चारको दौड निकै पेचिलो बन्दै गएको छ।

पेचिलो बन्दै गएका लिगको पाँचौ चरणको खेलमा पोखरा र धनगढी भिड्न लागेका हुन्। यो खेलले शीर्षस्थानमा जाने टिमको ढोका खोलिदिने देखिन्छ। किनभने आजको खेलमा जित निकाल्न सके धनगढीले शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने छ।

त्यस्तै पोखरा पनि आजको खेलमा जित निकाल्दै शीर्षस्थानमै जाने दाउमा हुनेछ। तर, उसले जित निकाल्न सके शीर्षस्थानमा एक अंकको अग्रता बनाउने छ। बराबरीको अवस्थामा भने धनगढी एक अंकको अग्रतासहित शीर्षस्थानमा जानेछ भने पोखरा चौथौ स्थानमा जानेछ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर