२६ बैशाख २०७८, आईतवार
गृह थप ३ कोरोना संक्रमितको मृत्यु
थप ३ कोरोना संक्रमितको मृत्यु

गुल्मी। गुल्मीमा बितेको २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना सत्यवती गाउँपालिका ७ जुनियाका ६९ बर्षीय पुरुष रहेका छन्।

गएराती घरबाट उपचार गर्न खैरेनी लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो भने थप दुई जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको त्यस अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ५ गुल्मीका ४५ बर्षीय पुरुषको हिजो साँझ ९ बजे र गुल्मी कै कालिगण्डकी गाउँपालिका ७ का ५५ बर्षीय पुरुषको विहान ३ बजे कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएका छन्।

यो सहित गुल्मीमा दोश्रो लहरमा मृत्यु हुन संक्रमितको संख्या १४ पुगेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर