२४ बैशाख २०७८, शुक्रबार
गृह लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

लुम्बिनी। लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार साँझ नियुक्त गरेका मन्त्रीहरु चेतनारायण आचार्य, भोज प्रसाद श्रेष्ठ र धर्म बहादुर लाल श्रीवास्तवले प्रदेश प्रमुख धर्मनाथ यादवबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठ र शिक्षा तथा सामाजिक विकास मन्त्री श्रीवास्तव बनेका छन्। यो सँगै पोखरेल नेतृत्वको १० सदस्यीय मन्त्रिमण्डल पुगेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर