३१ जेष्ठ २०७८, सोमबार
गृह विद्यार्थीलाई बलात्कार गरेकाे आरोपमा शिक्षक पक्राउ
विद्यार्थीलाई बलात्कार गरेकाे आरोपमा शिक्षक पक्राउ

काठमाडौं। चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका—९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान पक्राउ गरेको हो।

सुन्धारास्थित ढोरपाटन होटलमा ललाई फकाई ती बालिकालाई लामाले लगेर २ दिनसम्म राखी पटक—पटक बलात्कार गरेको प्रहरीले जनाएको छ।


उनले बन्धक बनाइ बलात्कार गरेको उजुरी परेपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। लामाले आफै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा लगेर बलात्कार गरेको खुल्न आएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर